युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु
khabarhub.com · Sat Aug 22 07:50:10 GMT 2026
युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। राजधानी किएभ र दक्षिणी सहर जापोरिझियामा भएका छुट्टाछुट्टै आक्रमणमा उनीहरूको मृत्यु भएको हो।
किएभको सैन्य प्रशासनका अनुसार ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको चेतावनी जारी भएको केही समयपछि राजधानीको डार्निट्स्की जिल्लास्थित एक गोदाममा आगलागी भएको थियो। प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा एक जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)