क्षणिक लहर होइन दिगो विकल्प बन्नुपर्छ रास्वपा, वास्तविक परीक्षा अब सुरू
nepalpress.com · Wed Jul 01 10:27:03 GMT 2026

नेपालको राजनीतिमा नयाँ दल जन्मिनु कुनै विशिष्ट र ऐतिहासिक घटना होइन । २०४६ सालमा पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनर्स्थापनापछि राजनीतिक दलहरू च्याउ झैँ उम्रिए । तिनीहरूमध्ये केही हराए, केही विलय भए र केही जीवित छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले भने नेपाली राजनीतिक वृत्तमा असाधारण तरङ्ग उत्पन्न गर्यो ।
स्थापनाको चारवर्षमै करिब दुई तिहाइ बहुमतसहित सङ्घीय संसद्को पहिलो दल बनेर सत्ताको चाबी हात पार्नु चानचुने सफलता होइन । रास्वपाको यो जबरजस्त उदयमा बुझ्न त्यसअघिको राजनीतिक परिवेश र दलहरूको रवैयाको काफी ठूलो हात छ । लामो समयदेखि सत्तामा आलोपालो हालीमुहाली गरिरहेका दलहरूप्रति जनतामा निराशा चुलिँदै गएको थियो । राजनीतिक अस्थिरता र कुशासनले थिलथिलो भएको थियो देश ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)