म्यापलको छहारीमा ‘दिनभरि पानी परिरहन्छ’
ratopati.com · Sat Aug 22 09:15:00 GMT 2026

अमेरिकाको साउथ बेन्ड, इन्डियानामा अगस्टको उखरमाउलो गर्मी मौसम चलिरहेको छ । आज भने हल्का बादल लागेको छ । म्यापल रूखहरूबाट सिरसिर हावा चलिरहेको छ । बन्द कोठाभन्दा बाहिर बसेर पढ्न र लेख्न मन पराउने म, आज युनिभर्सिटी क्याम्पस हाउजिङले म्यापलको रूखैमुनि राखिदिएको कुर्सीमा बसेर कवि डा. तुलसी आचार्यको ‘दिनभरि पानी परिरहन्छ’ कविता सङ्ग्रहबारे केही लेख्न बसेको छु ।
कविता सङ्ग्रहलाई परम्परागत, संस्मरण, प्रबन्ध, शब्दचित्र र छोटा कविता गरी पाँच खण्डमा विभाजन गरिएको छ । कविले आफ्नो यात्रा परम्परागत शैलीका कविताबाट सुरु गरेका छन् । संयोग पनि कस्तो परेछ– कविता सङ्ग्रहको पहिलो कविता ‘रूख’ रहेछ, अनि म पनि यतिबेला रूखकै फेदमुनि बसेर कविता पढ्दै छु ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)