साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
rajdhanidaily.com · Sat Aug 22 09:17:47 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँबराबरको वस्तु तथा सामान भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको हो ।
गत आवको साउनमा एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । साउनमा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)