प्रदेशहरूका पदमुक्त सांसदलाई सर्वोच्चले गरेको पुनर्बहालीको अर्थ के हो?
himalkhabar.com · Fri Jun 11 15:44:00 GMT 2021
पार्टी निर्देशन नमानेको भन्दै कारबाही भोगेका गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ९ जना सांसदलाई सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत पुनर्बहाली गरिदिएको छ। तर, यसको अर्थ संसद्मा सांसदहरूले ह्वीप उल्लंघन गर्ने छुट पाउँछन् भन्ने होइन।
पार्टीको निर्देशन नमानेको आरोपमा राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद कृष्ण थापालाई पदमुक्त गर्यो। यस्तै, जसपाले लुम्बिनी प्रदेश सभाका चार जना सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई त्यसैगरी पदमुक्त गरेको थियो। नेकपा (एमाले)ले पनि ह्वीप उल्लंघन गरेको आरोपमा कर्णाली प्रदेश सभाका आफ्ना सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दबहादुर बुढालाई पदमुक्त गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)

नेपाली कांग्रेस
बजेट
सर्वोच्च अदालत
कर्णाली प्रदेश
जनता समाजवादी पार्टी