अर्घाखाँचीमा वन्यजन्तुको शिकारका लागि लाइसेन्स खुला
annapurnapost.com · Sat Aug 22 09:24:50 GMT 2026

अर्घाखाँची : अर्घाखाँचीमा कानुनबमोजिम वन्यजन्तुको शिकार गर्न चाहने नागरिकका लागि लाइसेन्स लिन आवेदन खुला गरिएको छ। डिभिजन वन कार्यालय, अर्घाखाँचीले सार्वजनिक सूचना जारी गर्दै शिकार गर्न इच्छुक नागरिकलाई आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको हो।
राते मृग, चित्तल र बँदेलको शिकारका लागि तोकिएको कानुनी प्रक्रिया पूरा गरी जिल्ला शिकार अनुज्ञापत्र लिन सकिने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताए। यसका लागि इच्छुक नेपाली नागरिकले यही भदौ १० गतेभित्र डिभिजन वन कार्यालय, अर्घाखाँचीमा आवेदन पेस गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)