नागरिकको उड्डयन सास्ती : आखिर समस्या कहाँ छ ?
nepalpress.com · Wed Jul 01 10:28:43 GMT 2026

हिजो काठमाडौँबाट नेपालगञ्ज आएँ । बाजुराको कोल्टीमा आफ्नो सानो जिम्मेवारी पूरा गर्न । समयमै पुग्नु र समयमै फर्कनु मेरो रोजाइ होइन, दायित्व र बाध्यता थियो । तर, आज (असार १७) को लगभग पूरा दिन नेपालगञ्ज विमानस्थलमै बित्दै छ । बिहानदेखि उडानको प्रतीक्षा ‘अहिले हुन्छ’, ‘अलि पर्खनुस् ’, ‘१२ बजे हुन्छ’, ‘अझै निश्चित छैन’ ।
सूचना फेरिन्छन्, समय फेरिन्छ । तर, यात्रुको अवस्था फेरिँदैन । बीचमा थप रु. १,००० तिरेपछि उडान हुने कुरा पनि सुनियो । तर, अतिरिक्त पैसा तिरेपछि पनि उडानको कुनै निश्चितता छैन । आज मेरो मनमा एउटा मात्र होइन, धेरै प्रश्नहरू उठिरहेका छन् । के एउटा नागरिकको समयको कुनै मूल्य छैन ? यदि म समयमै गन्तव्यमा पुग्न सकिनँ र मेरो जिम्मेवारी प्रभावित भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? किन हरेक पटक सबै क्षति नागरिकले नै बेहोर्नुपर्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)