डिशहोम र तुषाल मल्टिभेन्युबीच सहकार्य
baahrakhari.com · Wed Jul 01 10:28:34 GMT 2026

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच स्वास्थ्य, फिटनेस, वेलनेस र लाइफस्टाइल सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउँदै देशभर विशेष स्वास्थ्य तथा वेलनेस सेवामा सहज पहुँच उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार डिशहोमसँग आबद्ध कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकले तुषाल मल्टिभेन्युका विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्नेछन् । यसअन्तर्गत साउना, स्टिम र ज्याकुजी सेवामा ५० प्रतिशतसम्म छुट, नयाँ जिम सदस्यतामा २० प्रतिशत छुट, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत छुट तथा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)