घरेलु मैदानमा ब्राजिलको बेइज्जती
gorkhapatraonline.com · Wed Jun 10 00:46:28 GMT 2026
लामो समयपछि विश्वकप दक्षिण अमेरिकाले विश्वकप आयोजना गर्ने भयो र यसको जिम्मेवारी थियो ब्राजिलको काँधमा । ब्राजिलले मैदानमा बेइज्जती खेप्नु परे पनि सफलतापूर्वक विश्वकप सम्पन्न ग¥यो ।
सन् २००३ मार्चमा फिफाले सन् १९७८ पछि पहिलो पटक दक्षिण अमेरिकामा विश्वकप आयोजना गर्ने निर्णय गरेको थियो । पछिल्लो विश्वकप दक्षिण अफ्रिकामा भएकाले पहिलो पटक लगातार दोस्रो विश्वकप युरोपबाहिर हुँदै थियो । फिफाले निर्णय लिएपछि ब्राजिल र कोलम्बिया आयोजना अधिकार हासिल गर्ने दौडमा थिए । पछि कोलम्बियाले आफ्नो प्रस्ताव फिर्ता लियो र सन् २००७ मा ब्राजिललाई आयोजक घोषणा गरिएको थियो । यो विश्वकप धेरै पक्षबाट असाधारण रह्यो । ब्राजिलका रङ्गशाला खेलका बेला खचाखच भरिएका हुन्थे, दर्शकमा फुटबलको मोह बेजोड थियो तथा स्तब्ध पार्ने नतिजा र गोल सङ्ख्याले यस विश्वकपलाई रोमाञ्चक बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)