भिमादमा राष्ट्रिय परिचयपत्र स्टेशन सञ्चालन हुने
gorkhapatraonline.com · Sat Aug 22 11:05:31 GMT 2026

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवालाई पहुँचयोग्य बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले भिमाद बजारमा दुई वटा विवरण दर्ता स्टेशन सञ्चालन गर्ने भएको छ । यस व्यवस्थाबाट भिमाद नगरपालिकासहित घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र आसपासका बासिन्दा लाभान्वित हुनेछन् ।
जिल्लाको पश्चिमी तथा दक्षिणी क्षेत्रका नागरिकले राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सदरमुकाम दमौली धाउनुपर्ने बाध्यता हटाउन स्थानीयस्तरमै टोली खटाउन लागिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । यस बाट सेवाग्राहीको समय र यात्रा खर्च बचत हुने प्रशासनको भनाइ छ । प्रशासन कार्यालयले चाप नियन्त्रण र सहज सेवाका लागि यसअघि बिदाका दिन र साउन ८ गतेदेखि दैनिक अतिरिक्त समयमा समेत दर्ता कार्य गर्दै आएको छ । साउन २३ र २४ गते बिहान ९ देखि अपराह्न ५ बजेसम्म सेवा सञ्चालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)