तीन विपन्न परिवारले पाए नयाँ घर
gorkhapatraonline.com · Sat Aug 22 11:10:06 GMT 2026

घर विहीन एवं जिर्ण घरमा बसोबास गर्दै आएका तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । बिहान–बेलुकाको छाक टार्न धौधौ रहेका तीन परिवारलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले घर निर्माण गरिदिएपछि उहाँहरुले घर पाउनुभएको हो ।
जिर्ण घरमा बसोबास गर्दैआएका नगरपालिकाको वडा २ डिकुवाका देशवीर राई र वडा ६ मंगलटारका भया दमाइलाई नगरपालिकाले नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ । यस्तै, घर विहीन रहेका वडा नम्बर १० अर्खौलेका टेकबहादुर सार्कीलाई पनि नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)