बसले ठक्कर दिँदा दुई जनाको ज्यान गयो
gorkhapatraonline.com · Sat Aug 22 11:18:57 GMT 2026

महेन्द्र राजमार्गको चितवनको खैरहनी नगरपालिका वडा नम्वर १ तरकारी चोकमा शनिवार दिउँसो करिव साढे १२ बजे बसले मोटरसाइकललाई ठक्कर दिँदा मोसामा सवार दुई जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नारायणघाटबाट बर्दिबास जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्वरको बसले बिपरित दिशाबाट आउँदैगरेको बा.प्र.०१–०१५ प ३३८५ नम्बरको मोसालाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)