गायिका समीक्षा अधिकारीलाई ५ सय पटक फोन गरेर दुःख दिने को हो ?
rajdhanidaily.com · Sat Aug 22 11:38:36 GMT 2026

काठमाडौं । गायिका समिक्षा अधिकारीले आफु माथी निरन्तर ब्लफ कल आएको दावी गरेका छन । बिगत एक बर्ष देखी रमेश शाही भन्ने एउटै ब्यक्तिले फरक फरक नम्बरवाट ५ सय भन्दा बढी पटक ब्लफ कल गरेको जनाएकी हुन ।
‘करिब डेढ वर्षदेखि एउटै व्यक्तिले पटक–पटक फरक–फरक नम्बरबाट मलाई फोन गरिरहनुभएको छ। फोन उठाउँदा “म रमेश शाही” भन्नुहुन्छ, तर “के कामले फोन गर्नुभएको ?” भनेर सोध्दा आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्नुहुन्न। एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिन्छ। डेढ वर्षसम्म लगातार यस्तो भइरहेपछि आज यो कुरा सार्वजनिक रूपमा लेख्नुपर्ने बाध्यता भयो,’ उनले लेखेकी छिन, ‘डेढ वर्षको अवधिमा अहिलेसम्म करिब ५०० वटा फरक–फरक नम्बरबाट आएका कल ब्लक गरिसकेँ होला। अझै पनि उहाँले अरू व्यक्तिहरूको मोबाइल नम्बर प्रयोग गरेर मलाई फोन गरिरहनु भएको छ। एउटा नम्बर ब्लक गरेपछि फेरि अर्को नम्बरबाट फोन आउने क्रम रोकिएको छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)