प्रदीप गिरीको स्मृतिमा नेपाली कांग्रेसद्वारा ‘फेलोसिप’ र निबन्ध पुरस्कार घोषणा
ratopati.com · Sat Aug 22 11:54:06 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका वैचारिक नेता एवं समाजवादी चिन्तक स्व.प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कारको घोषणा गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हि टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा सभापति गगनकुमार थापाले यस्तो जानकारी दिएका हुन् ।
स्व. गिरीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा यो कार्यक्रम सुरु गरिएको हो । सभापति थापाका अनुसार गिरीको अध्ययनशील स्वभाव र सीमान्तकृत समुदायप्रतिको निष्ठालाई जीवित राख्न दुई फरक विधामा फेलोसिप प्रदान गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)