राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल
ratopati.com · Wed Jul 01 10:43:00 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को प्रस्तावना र विभिन्न दफामाथि दफाबार छलफल भएको छ।
सिंहदरबारमा आज बसेको बैठकमा समितिका सदस्यहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण तथा प्रभावकारी अध्ययन–अनुसन्धानको व्यवस्था प्रस्तावनामै स्पष्ट उल्लेख गर्न सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)