साहित्य सन्ध्या सम्मान र पुरस्कार प्रदान
gorkhapatraonline.com · Sat Aug 22 12:35:23 GMT 2026

साहित्य सन्ध्याले पाँच स्रष्टा एवं अभियानकर्मीलाई वर्ष २०८२ को पुरस्कार तथा सम्मान आज प्रदान गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी, सन्ध्याका अध्यक्ष राम विनयसहितले ती सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।
सो क्रममा दाङकी साहित्यकार डा बिन्दु शर्माले २१ हजार १०० राशिको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान र ओखलढुङ्गाका साहित्यकार ओमप्रसाद कोइरालाले पाँच हजार राशिको साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभयो । यस्तै सामाजिक रुपान्तरण अभियानकी अभियन्ता तथा जनप्रतिनिधि सान्नानी मिजारलाई १० हजार राशिको साहित्य सन्ध्या-मन पुरस्कार तथा सम्मान प्रदान गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)