ओलीलाई हटाउने पक्षमा छैनौँ : शंकर पोखरेल
baahrakhari.com · Sat Aug 22 12:39:00 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । शनिबार (भदौ ६) विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूहरू अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्गठनको प्रक्रियामा रहेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने पक्षमा नरहेको बताएका हुन् ।
पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टीकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने उनले उल्लेख गरे । उनले एमालेको महाधिवेशन कहिले हुने भन्ने निर्णय गर्ने पूर्ण अधिकार पार्टीको केन्द्रीय कमिटीसँग मात्र रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)