इरानसँगको युद्ध अमेरिकाले हारेको कुरा विश्वले स्वीकार गर्यो : राष्ट्रपति पेजेश्कियान
nagariknews.nagariknetwork.com · Sat Aug 22 12:38:26 GMT 2026

इरानका राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकासँगको युद्धमा इरानले विजय हासिल गरेको कुरा विश्वले स्वीकार गरिसकेको बताएका छन्।
अमेरिकासँगको युद्ध अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले होर्मुज जलमार्गमाथिको नियन्त्रण र अमेरिकी माग नमान्नु नै आफ्नो देशको जित भएको उल्लेख गरेका हुन्। यो जलमार्ग अमेरिका र इजरायलले इरानसँग युद्ध सुरु गरेदेखि विगत छ महिनादेखि प्रभावकारी रूपमा बन्द रहँदै आएको छ। ‘सम्पूर्ण विश्वले हाम्रो विजयलाई अनुमोदन गर्यो र अमेरिका घृणा गरिएको छ,’ उनको भनाइ उद्धृत गर्दै इरानका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)