नौमुलेका दुर्गम बस्तीमा फैलिएको ज्वरो : स्वास्थ्यकर्मीको स्थलगत अध्ययन तथा उपचार
swasthyakhabar.com · Sat Aug 22 12:57:28 GMT 2026

दैलेख — नौमुले गाउँपालिका–३ भाँडे तथा नौमुले गाउँपालिका–२ का ठुलो चम्लाए, निर्गा र भावसैनी क्षेत्रमा पछिल्लो समय ज्वरो, रुघाखोकी तथा शरीर दुख्ने समस्या बढेपछि स्वास्थ्य सेवा कार्यालय दैलेख र नौमुले गाउँपालिकाको स्वास्थ्य शाखाको संयुक्त टोलीले प्रभावित क्षेत्रमा स्थलगत अध्ययन तथा प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरी फर्किएको छ।
प्रभावित क्षेत्रमा देखिएको स्वास्थ्य समस्याको अवस्था बुझ्ने, सम्भावित कारण पहिचान गर्ने, रोकथाम तथा नियन्त्रणका उपाय तय गर्ने र स्थानीयलाई प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउने उद्देश्यले स्वास्थ्यकर्मीको टोलीले करिब चार दिनसम्म प्रभावित बस्तीमा स्थलगत अध्ययन तथा स्वास्थ्य सेवा प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)