बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विषयमा बहस
newsofnepal.com · Sat Aug 22 13:11:13 GMT 2026
काठमाडौँ ।
बौद्ध विद्वानहरुले हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विषयमा विभिन्न तर्क प्रस्तुत गरेका छन् । नेपाल समाज मिडिया प्रालिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बौद्ध विद्वानहरुले हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विषयमा विभिन्न तर्क प्रस्तुत गरेका हुन् । कार्यक्रममा विशेष अतिथि नामग्याल रिन्पोछेले भगवान बुद्धले दिएको मार्ग भनेको ध्यान गरेर मनलाई शान्त र शुद्ध पार्ने माध्यम नै धर्म भएको बताए । उनले मानिसको मनलाई शान्ति बनाउनु नै धर्म भएको बताए । उनले अहिलेको जीवनलाई हेरेर मात्र काम गरेमा धर्म नहुने भन्दै आफूले पछिको जीवनलाई हेरेर काम गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)