पृथ्वीराजमार्गको सेराटारमा सुख्खा पहिरोः दुवैतर्फ सडक अवरुद्ध
gorkhapatraonline.com · Sat Aug 22 13:17:51 GMT 2026

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार साँझ करीव ५ बजे सडकभन्दा करिब ३० मिटर माथिबाट अचानक पहिरो खसेपछि राजमार्गको दुवैतर्फको यातायात ठप्प भएको हो ।
पहिरो खसेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा १५ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)