ऋणको पुर्नतालिकीकरणदेखि सुकुम्वासीको यथाशीघ्र व्यवस्थापनमा सरकार सहमत
baahrakhari.com · Sat Aug 22 13:26:00 GMT 2026

काठमाडौं । सरकारले कर्जाको पुर्नतालिकीकरण गर्नेदेखि सुकुम्वासीको यथोचित व्यवस्थापन गर्ने बुँदा समेट्दै दुर्गा प्रसाईंको नेतृत्वमा चलेको महाअभियानसँग १४ बुँदे सम्झौता गरेको छ ।
शनिबार नेपाल सरकारको वार्ता टोलीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग अभियानका टोलीसँग १४ बुँदे सम्झौता गरेको हो । सम्झौतामा वित्तीय संस्थाको कालोसूचीमा रहेका ऋणीहरूको निवृत्तिभरण तथा सामाजिक सुरक्षा भत्ता नरोक्ने व्यवस्था गर्न सरकारले सहमति गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)