गोरखा आरुघाटको वनमा ५ थान बन्दुक भेटियो
annapurnapost.com · Sat Aug 22 13:29:35 GMT 2026

गोरखा : गोरखाको एक वनमा पाँच थान बन्दुक फेला परेको छ । आरुघाट गाउँपालिका ६ स्थित चिहानडाँडाको वनमा बेवारिसे अवस्थाका पाँच थान बन्दुक फेला परेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
शनिबार अपरान्ह करिब पाँच बजेतिर जंगलमा लुकाइराखिएको अवस्थामा बन्दुक फेला पारिएको हो । भेटिएका पाँच वटामध्ये एक थान थोत्रो भएर भाँचिएको अवस्थामा रहेको र अरु चारवटा पनि लामो समयदेखि जंगलमै लुकाइछिपाइ राखिएको अवस्थामा रहेकाले खिया लागेको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)