टिपरको ठक्करबाट बालिकाको मृत्यु
ratopati.com · Thu Jun 25 17:18:00 GMT 2026

झापा। झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी बोकेको टिपरले पैदल हिँडिरहेकी स्थानीय १० वर्षीया अनुकृति चापागाईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी अनुकृतिलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)