सेती नदीमा ट्रिपर डुबेको अवस्थामा फेला, चालक बेपत्ता
gorkhapatraonline.com · Sat Aug 22 13:38:06 GMT 2026

तनहुँ, भदौ ६ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा एक ट्रिपर डुबेको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो करिब २ः०० बजे बासिन्दाले नदीको पानीको बहावमा ट्रिपरको ढाला मात्र देखेका थिए । स्थानीयले खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
तनहुँमा जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको कालिका कन्स्ट्रक्सन प्रालिको ना १ क ७२४७ नम्बरको ट्रिपर नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्धारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)