अर्घाखाँचीमा वन्यजन्तु सिकारका लागि लाइसेन्स खुला
ratopati.com · Sat Aug 22 14:11:42 GMT 2026

अर्घाखाँची । कानुनबमोजिम वन्यजन्तुको सिकार गर्न चाहने नागरिकका लागि लाइसेन्स (अनुज्ञापत्र) लिन आवेदन खुला गरिएको छ । डिभिजन वन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सिकार गर्न इच्छुक नागरिकलाई आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको हो ।
राते मृग, चित्तल र बँदेलको सिकारका लागि तोकिएको कानुनी प्रक्रिया पूरा गरी जिल्ला सिकार अनुज्ञापत्र लिन सकिने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताए । यसका लागि इच्छुक नेपाली नागरिकले यही भदौ १० गतेभित्र जिल्लास्थित डिभिजन वन कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)