अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
nepallive.com · Sat Aug 22 14:38:21 GMT 2026

काठमाडौं– प्रहरी शनिबार देशभरका विभिन्न स्थानबाट लागुषधसहित १६ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका-६ कपन तेन्जिङचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु बस्ने धनुषा हंसपुर नगरपालिका-५ घर भएका ३७ वर्षीय बिनय कुमार मण्डल, काठमाडौं बौद्ध बस्ने शंखरापुर नगरपालिका-२ घर भएका ३८ वर्षीय मनिष शाही र काठमाडौं रामहिटी बस्ने झापा घर भएका ३८ वर्षीय प्रदिप कुमार राई रहेका छन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)