गैंडाकोटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
annapurnapost.com · Sat Aug 22 14:38:46 GMT 2026

नवलपुर : नवलपुरको गैंडाकोटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गैँडाकोट नगरपालिका–३ महेशखोला नजिकै कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
बुलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको ना. २९ प ६७०७ नम्बरको मोटरसाइकलका चालकले उकालो सडकमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बुलिङटार घर भई हाल गैँडाकोट–३ ढोडेनीस्थित मामाको घरमा बस्दै आएका ४२ वर्षीय हिराबहादुर सारु मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रबक्ता प्रहरी नायब उपरिक्षक अनिल पाण्डेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)