विश्व सम्पदा पशुपति क्षेत्रमा निरन्तर सात हप्ता सफाइ
ratopati.com · Sat Aug 22 15:03:56 GMT 2026

काठमाडौँ । आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान हुनुभएको पशुपति क्षेत्रमा सातौँ हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप असार अन्तिम सातादेखि सफाइ सुरु गरेको थियो ।
विगत सात हप्ता अघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । साउनको सोमबार सकिए पनि सफाइ अभियानलाई निरन्तरता दिइने कोषले जनाएको छ । सफाइको सातौँ हप्ता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहेका स्थानीयवासी एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)