मुस्ताङको युरेनियम खानी उत्खननबारे सम्झौता नभएको परराष्ट्रमन्त्रीको स्पष्टोक्ति
aarthiknews.com

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा रहेको युरेनियम खानी उत्खननका सम्बन्धमा हालसम्म कुनै पनि व्यक्ति वा निकायसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको स्पष्ट पारेका छन्।
राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले प्रारम्भिक अध्ययनका क्रममा खानी रहेको संकेत प्राप्त भए पनि उत्खननका लागि औपचारिक सहमति वा सम्झौता नभएको स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)