अस्ताउने बेलाका जाज्वल्यमानहरूको अवसरवादी अवतार
barnanmedia.com · Sat Aug 22 15:30:17 GMT 2026

नेपाली राजनीतिमा अहिले एउटा अनौठो दृश्य देखिएको छ । वर्षौँसम्म बोकेका विचार, सिद्धान्त र राजनीतिक पहिचानहरू क्रमशः धुमिल हुँदै गएका छन् तर नेताहरूको कुर्सीप्रतिको मोह झन् प्रखर देखिन्छ। विचारको राजनीति कमजोर हुँदै जाँदा भावनात्मक नारा र क्षणिक लोकप्रियताको राजनीति बलियो हुँदै गएको छ ।
सबैभन्दा चर्चाको विषय बनेको छ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको पछिल्लो धार्मिक अभिव्यक्ति । लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता बीपी कोइरालाले नेपाललाई आधुनिक, समावेशी र प्रजातान्त्रिक बाटोमा लैजान खोज्दा धर्मलाई राज्यसत्ताको आधार बनाउने सोचभन्दा नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिएका थिए । कांग्रेसले लामो समयसम्म आफूलाई धर्मनिरपेक्ष लोकतान्त्रिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)