शिक्षा विधेयकको मस्यौदाअघि सातै प्रदेशका सुझावको समीक्षा हुँदै
nagariknews.nagariknetwork.com · Sat Aug 22 16:00:40 GMT 2026

विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढाउनुअघि सरकारले सातै प्रदेशबाट प्राप्त सुझाव र निष्कर्षको समग्र समीक्षा गर्ने भएको छ। त्यसका लागि आइतबार काठमाडौंमा शिक्षा संवाद आयोजना गरिँदैछ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने संवादमा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहनेछ। विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा स्थानीय तहलगायत सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले सातै प्रदेशमा शिक्षा संवाद सञ्चालन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)