नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल
baahrakhari.com · Fri Apr 25 17:37:58 GMT 2025
काठमाडौं । नेपाली क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरे । क्यानले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । ल आगामी दुई वर्ष नेपाली टोलीसँग रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)