प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्रीले आज साँझ मुक्तिनाथको दर्शन गरेका हुन् ।
शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्केका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेका थिए । बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आएका प्रधानमन्त्री शाह घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)