सिसिटिभीबाट बाढीको निगरानी
gorkhapatraonline.com · Wed Sep 02 00:36:58 GMT 2026

भोटेकोशीमा आएको हिमबाढीपछि त्यस क्षेत्रको बाढी तथा नदीजन्य जलमापनको निगरानी अब सिसिटिभी क्यामरामार्फत हुने भएको छ । हिमबाढीले उक्त क्षेत्रको जलमापन केन्द्र बगाएपछि बाढीको निगरानीसँगै तल्लो तटीय क्षेत्रको सुरक्षाका लागि त्यहाँ सिसिटिभी क्यामरा जडान गरी निगरानी थालिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको सक्रियतामा रसुवा जिल्लाको टिमुरेमा बाढी अवलोकन तथा निगरानीका लागि सिसिटिभी क्यामरासहितको निगरानी जडान गरिएको मन्त्रालयले जनाएको छ । जसका लागि मन्त्री विराजभक्त श्रेष्ठसहितको प्राविधिक टोली त्यहाँ पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)