स्याङ्जाको बारीचौरमा चितुवा आतंक
onlinekhabar.com · Wed Jul 01 11:07:14 GMT 2026

१७ असार, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा चितुवाले आतंक मच्चाएको छ । रातिको समयमा गाउँ छिरेर चितुवाले ८ वटा बाख्रा खोरमै मारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय ४२ वर्षीय निमबहादुर थापाको घर नजिकै रहेको खोरमा सोमबार राति चितुवा पसेर आक्रमण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)