किंग्स टी–१० इन्डोर प्रतियोगिता: सेमिफाइनल समीकरण पूरा
ratopati.com · Sat Aug 22 17:36:45 GMT 2026
काठमाडौँ । दोश्रो संस्करणको किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको समिकरण पूरा भएको छ । किङ्स क्रिकेट एकाडेमी, रोयल स्पोट्र्स पार्क र त्रिकल्प ईभेन्ट्सको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा याङ्री बोईज, रोयल स्पोट्र्स पार्क ब्लू, बाकयार्ड बी र पाङोलिन ट्राभल्स पुगेका छन् ।
रोयल स्पोर्टस पार्कमा सम्पन्न भएको पहिलो क्वार्टरफाइनलमा पाङोलिन ट्राभल्सले बाकयार्ड ए लाई १७ रनले पराजित हराउँदै सेमिफाइनल पुगेको हो । पाङोलिन ट्राभल्सले ५ विकेट गुमाएर ९७ रन बनाउएको थियो । पाङोलिन ट्राभल्सका लागि रविले ३७ र सुमितले २८ रन बना ए। जवाफमा बाकयार्ड ए ले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ८० रन मात्र बनाउना सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)