‘अन्याय भयो, न्याय खोजौँ’
gorkhapatraonline.com · Wed Sep 02 00:40:49 GMT 2026

राष्ट्रिय सभाका सदस्यले अरूको कारणले सृजित सङ्कटबाट पीडित नेपालले अन्यायपूर्ण व्यवहार कहिलेसम्म सहेर बस्ने प्रश्न गरेका छन् । सभाका सदस्यले जलवायु परिवर्तनको कारक हरितग्यासको अत्यधिक उत्सर्जन रहेको र जसले जति मात्रामा हरितग्यास उत्सर्जन गरेको छ, सोही अनुपातमा कटौती गर्न जिम्मेवार बनाइनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सभाको मङ्गलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले विशेष सम्बोधन गर्दै विश्वव्यापी हरित ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून रहे पनि सबैभन्दा बढी जोखिममा रहेको बताउनुभयो । “प्रतिकूल प्रभाव भोग्ने देशमध्ये नेपाल अग्रपङ्क्तिमा रहेको यथार्थ हामी सबैसामु छ,” उहाँले भन्नुभयो, “नेपाल जस्ता राष्ट्र अरूका कारणले सृजित सङ्कटबाट बढी पीडित भइरहेको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)