सेती नदीमा टिपर खस्दा चालक बेपत्ता
ratopati.com · Sat Aug 22 17:59:06 GMT 2026

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा शनिबार टिपर खस्दा चालक बेपत्ता भएका छन् ।
तनहुँ जलविद्युत् आयोजनाको प्याकेज एकको निर्माण कम्पनी कालिका हाइड्रोपावरको ना १ क ७२४७ नम्बरको टिप्पर सेती नदीमा खसेको हो । चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा सेती नदीमा टिपर चालकको खोजी कार्य भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)