प्यूठानमा ५० किलोवाटको हरित हाइड्रोजन परियोजना सुरु
kendrabindu.com · Wed Jun 10 01:37:21 GMT 2026

प्यूठान । जिल्लामा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सुरु भएको छ । बुटवल पावर कम्पनी लिमिटेडले झिमरुक जलविद्युत् केन्द्र दारिमचौर, प्यूठानमा हाइड्रोजनको उत्पादन सुरु गरेको हो ।
नवीकरणीय जलविद्युत् ऊर्जाको प्रयोग गरी विद्युत् अपघटन प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन सुरु गरिएको कम्पनीका प्रतिनिधि प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । विश्व बैंकको प्राविधिक सहयोग तथा संयुक्त अधिराज्य सरकारअन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयमार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा प्लान्ट स्थापना गरिएको बुटवल पावर कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)