कामिरिता ३२ औं पटक सगरमाथाको चुचुरोमा
annapurnapost.com · Sun May 17 06:03:16 GMT 2026

ओखलढुङ्गा : विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरोमा आज अर्को एक नयाँ कीर्तिमान कायम भएको छ । ‘एभरेस्ट म्यान’ का रूपमा विश्वभर परिचित साहसी पर्वतारोही कामिरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्दै ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको चालु पर्वतारोहण सिजनमा अनुकूल मौसमको सदुपयोग गर्दै उनले आज नेपालको राष्ट्रिय ध्वजालाई सगरमाथाको शिखरमा फहराउन सफल भएका हुन् ।
५६ वर्षीय कामिरिता शेर्पाले १७ मे २०२६ (सोमबार) का दिन बिहान ठीक १०ः१२ बजे (नेपाली समय) सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । उनले पर्यटन विभागबाट जारी क्लाइम्बिङ पर्मिट नम्बर ७० अन्तर्गत ‘१४ पिक्स एक्सपेडिसन’ द्वारा सञ्चालित दलको नेतृत्व गर्दै गाइडका रूपमा यो आरोहण पूरा गरेका हुन् । कीर्तिमानी आरोहीको यो अभूतपूर्व र सफल आरोहणको आधिकारिक पुष्टि भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)