ड्रोन आक्रमणमा रुस जिम्मेवार रहेको जर्मनीको आरोप
baahrakhari.com · Wed Sep 02 00:45:32 GMT 2026

काठमाडौं । जर्मनीले गत अगस्ट ४ मा लाइपसिग विमानस्थलमा रुसले ड्रोन आक्रमणको प्रयास गरेको निष्कर्ष निकालेको छ । युक्रेनी कार्गो विमानहरूनजिकै विस्फोटक पदार्थसहित फेला परेको उक्त ड्रोन डिटोनेटरमा प्राविधिक खराबी आएका कारण विस्फोट हुनबाट जोगिएको बीबीसीले जनाएको छ ।
समाचारअनुसार पहिलो ड्रोन विस्फोट हुन नसकेको र दोस्रो ड्रोन नजिकैको कार्गो विमानसँग ठोक्किएको अनुसन्धानकर्ताहरूले आशंका गरेका छन् । त्यसको १० दिनपछि सोही विमानस्थलनजिकै तेस्रो ड्रोन पनि फेला परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)