आईएमई लाइफ इन्याेरेन्स ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ बाट सम्मानित
arthadabali.com · Wed Jul 01 11:29:11 GMT 2026

काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत काँस्य (Bronze) अवार्ड प्राप्त गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले असार १६ गते काठमाडौँमा आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)