वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने ५ जना पक्राउ
clickmandu.com · Wed Jul 01 11:38:35 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गर्ने पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौंका ४१ वर्षीय रामदास महर्जन, काठमाडौंकै २९ वर्षीय सरिब गिरी, धादिङकी ३४ वर्षीय सन्तोषी लामा , सिन्धुपाल्चोकका ४२ वर्षीय वाङ्दी लामा र रामेछापका ३८ वर्षीय ललित बहादुर तामाङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)