सुनिताले दिइन् शान्ति बाटिकामा रहेका अनाधिकृत संरचनाहरू हटाउन नगरप्रहरीलाई निर्देशन
barnanmedia.com · Wed Jul 01 11:33:58 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शान्ति बाटिकामा रहेका अनाधिकृत संरचनाहरू तत्काल हटाउन नगरप्रहरीलाई निर्देशन दिएकी छन्। काठमाडौँ महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले शान्ति बाटिकाभित्रका संचना हटाउन कानुनी रूपमा कुनै पनि व्यवधान नरहेको स्पष्ट पारिन्।
उनले त्यहाँ रहेका गणेशमान सिंहको शालिक तथा नेपाल प्रहरीको कार्यालय लगायतका संरचनाहरू हटाएर सोको तस्बिरसहित सम्बन्धित वडाध्यक्ष र महानगरलाई आजै अपडेट गराउन नगरप्रहरीलाई कडा निर्देशन दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)