१० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, कृषिमा सबैभन्दा धेरै आकर्षण
ajakoartha.com · Sun May 17 06:23:00 GMT 2026

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७ सय २८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
गत चैत मसान्तसम्म ६ सय १५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । वैशाख महिनामा मात्रै थप ११३ परियोजनाबाट तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)