डडेलधुरामा देखिँदै छ परिवर्तन
gorkhapatraonline.com · Wed Jun 10 02:13:06 GMT 2026

सुदूरपश्चिम प्रदेशको मध्य भागमा अवस्थित डडेलधुरा मध्यपहाडी क्षेत्रको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था, सांस्कृतिक विविधता र विकासका सम्भावनाले भरिपूर्ण मानिन्छ । पहाड र भित्रीमधेशको सङ्गम डडेलधुरा सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेशद्वारका रूपमा रहेको छ । यो जिल्ला उत्तरतर्फका उच्च पहाडी क्षेत्रदेखि दक्षिणतर्फका भित्रीमधेशका समथर भूभागसम्म फैलिएको छ । यहाँको कुल क्षेत्रफलको ७५ प्रतिशत क्षेत्र वनजङ्गलले ढाकेकाले यो हरियाली जिल्लाका रूपमा पनि परिचित छ ।
जिल्लाको पूर्वमा सेती नदीले डोटीसँग छुट्टाएको छ । पश्चिममा महाकाली नदी भारतसँग सीमाका रूपमा छ । उत्तरमा बैतडी, दक्षिणमा कैलाली र कञ्चनपुर पर्छ । महाकाली राजमार्गले जिल्लालाई देशका अन्य भागसँग जोडेको छ भने यही मार्ग भएर सुदूरपश्चिमका पहाडी जिल्लामा आवतजावत हुने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)