नेपालको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् : परराष्ट्रमन्त्री खनाल
nagariknews.nagariknetwork.com · Sun Aug 23 00:52:33 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका सङ्केत देखिन थालेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगरपालिका–१ कार्यसमितिले शनिबार झोरमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक क्षेत्र क्रमशः सुधारको बाटोमा अगाडि बढेको बताए। उनले अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष साउनमा कर सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको बताए। बजारमा सकारात्मक चहलपहल सुरु भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)