४६ वर्षमा मैदान उत्रिँदै रोनाल्डिन्हो : फुटबलको प्रेमले जित्ला उमेरको चुनौती ?
annapurnapost.com · Sun Aug 23 00:55:18 GMT 2026
एजेन्सी /लन्डन : फुटबलको मैदानमा आफ्नो जादुमयी ड्रिब्लिङ, मुस्कान र बलसँगको नृत्यका कारण विश्वभर चिनिएका ब्राजिलियन स्टार रोनाल्डिन्हो फेरि प्रतिस्पर्धात्मक फुटबल खेल्ने तयारीमा छन्। ४६ वर्षको उमेरमा उनको यो पुनरागमन सामान्य खेलाडीको कमब्याकभन्दा धेरै अर्थमा फरक छ। करिब ११ वर्षदेखि आधिकारिक व्यावसायिक खेलबाट टाढा रहेका रोनाल्डिन्हो इटालीको तेस्रो तहको क्लब राभेन्नासँग आबद्ध भएका छन्। उनी क्लबका लगानीकर्तासमेत बनेका छन् र खेलाडीका रूपमा पनि खेल्ने तयारी गरिरहेका छन्।
रोनाल्डिन्होले पछिल्लो पटक सन् २०१५ मा फ्लुमिनेन्सबाट व्यावसायिक खेल खेलेका थिए। त्यसपछि उनले सन् २०१८ मा औपचारिक रूपमा खेल जीवनबाट सन्न्यास घोषणा गरेका थिए। तर, फुटबलसँगको उनको सम्बन्ध भने कहिल्यै टुटेन। प्रदर्शनी खेल, च्यारिटी म्याच र विभिन्न फुटबल कार्यक्रममा उनी बलसँग रमाउँदै आएका थिए। अहिले राभेन्नामार्फत पुनः मैदानमा फर्कने निर्णयले विश्व फुटबलमा ठूलो कौतुहल पैदा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)