सिकन्दर राजा चितवन राइनोजमा अनुबन्ध
barnanmedia.com · Sun Aug 23 01:13:11 GMT 2026
काठमाडौं। जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् ।
चितवन राइनोजले शनिबार सामाजिक संजालमार्फत राजालाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइजी क्रिकेटको लामो अनुभव भएका राजा ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने खेलाडीका रूपमा चिनिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)